मधेश आन्दोलनको १६ वर्ष, सधैं सत्ताको स्वार्थमा रुमल्लिएका मधेशी नेता

काठमाडौं । मधेश आन्दोलन भएको १६ वर्ष पुगेको छ । तत्कालिन सरकारले २०६३ साल माघ १ गते अन्तरिम संविधान जारी गरेको थियो । यसको विरोद्धमा मधेशमा आन्दोलन चर्किएको थियो । माघ ५ गते लहानमा विद्यार्थी नेता रमेश महतोको मृत्यु भयो । यो दिनलाई मधेशमा वलिदानी दिवसका रुपमा मनाउने गरिन्छ । त्यस यता मधेश आन्दोलनका क्रममा सय बढीको ज्यान गएको छ । तर, त्यसयता मधेशवाट दर्जनौ मन्त्री भएपनि मधेशका जनताले अझै न्याय पाउन नसकेको नेताहरु नै बताउछन । विभिन्न माग राखेर पटक पटक मधेशमा आन्दोलन चर्किदा सयौले ज्यान गुमाउनु परेको छ । तर, शासकहरुले मधेशीहरुका मागलाई पुरा गर्न सकेका छैनन ।
मधेशी नेताहरु पनि पटक–पटक सत्तामा गएका भएपनि उनीहरुले मधेश आन्दोलनलाई सत्तामा चढ्ने भर्याङको रुपमा प्रयोग गर्ने गरेका छन । तत्कालिन सरकारले २०६३ साल माघ १ गते अन्तरिम संविधान जारी गरेको थियो । यसको विरोद्धमा मधेशमा आन्दोलन चर्किएको थियो । माघ ५ गते लहानमा विद्यार्थी नेता रमेश महतोको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भयो । यो दिनलाई मधेशमा वलिदानि दिवसका रुपमा मनाउने गरिन्छ । त्यस यता मधेश आन्दोलनका क्रममा सय बढीको ज्यान गएको छ । संविधानप्रति नै मधेशवादी दलले असहमति राख्दै आएका छन ।
जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिक दिनुपर्ने, सांसद रेशम चौधरीलाई अविलम्ब रिहाई गरिनुपर्ने, विगतमा संयुतm मधेशी दलसँग गरिएको सम्झौता कार्यान्वन गरिनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने,जनसंख्याको आधारमा स्थानिय निकाय, प्रदेश र संघको प्रतिनिधित्व गरिनुपने सामुहीक रुपमा मधेशीलाई सेनामा भर्ति गरिनुपर्ने लगाएतका माग राखेर मधेशमा पटक पटक आन्दोलन चहिरहदा एक सय भन्दा बढीले सहादात प्राप्त गरेका छन । तर, यी माग पुरा गर्ने नाममा मधेशी नेतालाई मन्त्री बनाउनु बाहेक कुनै काम हुन नसकेको टिप्पणी हुने गर्छ ।
मधेशको बलिदानी दिवसलाई स्मरण गदै सांसदमा जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले एक मिनेट मौन धारणा गर्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्ड लगायत केही नेताले मौन धारण नै गरेनन् । आफना मागलाई सत्तामा जाने भर्याङका रुपमा मधेश आन्दोलन र सहीदलाई समेत प्रयोग गरेका दलले फेरि यसै विषयलाई मुद्धा वनाएर प्रधानमन्त्री प्रचण्डसँग बार्गेनिङ गरिरहेका छन । मधेशका आन्दोलन र मागप्रति राज्य पुर्वाग्रही हुननहुने नेपाली काँगेसका नेता जीतेन्द्र नारायण देवको भनाई छ ।
विभिन्न मधेशवादी दलले मधेशका माग राखेर गरेको आन्दोलनको व्रmममा मधेशमा यो १६ वर्ष विचमा १ सय बढीको सहादत प्राप्त गरेको भएपनि मधेशवाट दर्जनौ मन्त्री भइसकेको अवस्थामा अझै मधेशवादी दलका मागको संवोधन हुन सकेको छैन । मधेशका नेताहरुले पनि यो विषयलाई उठाएर मन्त्री तथा उच्च पदमा जाने तर ठोस मुद्धा सम्बोधन गर्न असफल हुने भन्दै उनीहरु आलोचनाबाट मुक्त हुन सकेका छैनन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१६ वर्ष, #मधेश आन्दोलन, #संविधान जारी
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्