Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

प्रचण्डलाई प्रतिनिधि सभाको अभूतपूर्व समर्थन, २६८ मत प्राप्त, जनमोर्चा र नेमकिपा विपक्षमा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभुतपूर्व रुपमा विश्वासको मत पाएका छन् । मंगलबार भएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग गर्ने सम्बन्धि प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये २ सय ६८ जनाले मतदान गरेका छन् ।

बैठकमा २ सय ७० जना उपस्थित थिए । उनको विपक्षमा दुई मत मात्रै परेको छ । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् । त्यस्तै, नेपाली कांग्रेसका मनोरमा शेरचन, अम्बिका बस्नेत र किशोरसिंह राठोर अनुपस्थित थिए । यस्तै, कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनको अवस्थामा छन् भने सभा अध्यक्षको भूमिका निर्वाह गरेका पशुपति शमशेर राणाले मतदानमा भाग लिएनन् ।

एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड यहि १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । संसदमा प्रचण्डले प्रतिपक्ष दलको पनि समर्थनसहित आफूले असाधारण मत पाएको प्रक्रिया दिएका थिए । सबैको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर पाएको उनको भनाइ थियो ।

अव सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #विश्वासको मत

तपाईको कमेन्ट लेख्नुहोस्