Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

किन हटाए गृहमन्त्री रवि लामिछानेले अगुवा र पछुवा सुरक्षाकर्मीका गाडी


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षाका लागि अगाडि र पछाडि खटिने गाडी हटाएका छन् । आफूलाई सुरक्षा थ्रेट केही नभएको भन्दै लामिछानेले अगुवा र पछुवा गाडी हटाएको जनाएका हुन । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने जानकारी दिदै गृहमन्त्री लामिछानेले सुरक्षा टोली हटाएका छन् ।

उनले गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर प्रहरी नायब निरिक्षकको नेतृत्वको सुरक्षाकर्मी राखेका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भनेका छन् ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु ।

भै परि आउदाको परिस्थितिलाई अपवाद मानिदिनु होला ।’ उनले आफू सधैं ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने बताउँदै भनेका छन्, ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु । कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरि नै यी नियम पालना गर्छु ।’

साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आलोचक भएको बताउँदै उनले आकस्मिक अवस्था बाहेक आफूबाट त्यस्तो गतिविधि नहुने भनेका छन् । व्यक्तिगत कामका लागि कतै जानु परे वा विदाका दिनमा हिँड्नु परे निजी सवारी साधन प्रयोग गर्ने उनले बताएका छन् । भनेका छन्, ‘यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाब राज्यलाई बुझाउने छु ।’


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आफ्नो सुरक्षा, #गृहमन्त्री रवि लामिछाने, #साइरन बजाएर

तपाईको कमेन्ट लेख्नुहोस्