नेपालकै जेठो त्रिभुवन बिश्वविद्यालयको चरम लापर्वाही, स्नातकको नतिजा नआउँदै स्नातकोत्तरको भर्ना

काठमाडौं । चरम राजनीति र भद्रगोल व्यवस्थापनका कारण देशकै जेठो त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त बनिरहेको छ । समयमा परिक्षा गराउन, नतिजा प्रकाशन गर्न र तालिका अनुसार कक्षा सञ्चालन गराउन नसक्ने त्रिविले स्नातक तहको परिक्षाफल प्रकाशन नगर्दै स्नातकोत्तर तहको भर्ना खुलाएको विषयले यतिबेला अर्को बिवाद उब्जाएको छ । देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पछिल्लो समय ब्यथिति र राजनीतिको अखडा बनिरहेको छ ।
चरम राजनीति र भद्रगोल व्यवस्थापनका कारण थलिएको त्रीवीले आफ्नो कार्यतालिका अनुसार समयमा परिक्षा गराउने, नतिजा प्रकाशन गर्ने र भर्ना खुलाएर नियमित पठनपाठन गराउने जिम्मेबारीलाई समेत सजिलोसँग पुरा गर्न सकेको छैन । बरु झन पछि झन भद्रगोल बन्दैछ । त्रिविले गत वर्ष माघमा परिक्षा गराएको बीबीएस चौथो वर्षको नजिता १ वर्ष बितिसक्दा पनि प्रकाशन गर्न सकेको छैन । समयमा परिक्षा नगराउने र समयमा नतिजा सार्वजनिक गर्न नसक्ने त्रिभुवन विश्वविद्यालयको हर्कदका कारण विद्यार्थीहरु मारमा छन् ।
कोरोना महामारिका कारण यसैपनि परीक्षा एक वर्ष ढिलो भयो । परिक्षा लिएपछि समेत समयमा परिक्षाफल प्रकाशित गरिएन । यता, बीए तीन वर्षको अन्तिम परीक्षा गएको फागुनमा दिएका विद्यार्थीहरुको हालत पनि उस्तै छ । उनीहरु एकवर्षपुग्दा समेत परिक्षाफल कहिले आउँला भनेर कुरिरहेका छन् । बीएड चार वर्षको र बीएस्सी चौथो वर्षको नजिता पनि परीक्षा दिएको एक वर्ष बितिसक्दा सार्वजनिक गरिएको छैन । विद्यार्थीहरु कहिले नतिजा आउँला ? ढिलाईले आफूहरुको शैक्षिक भविश्य के होला भनेर निरासावादी बन्दैगर्दा नतिजा नै नआई गैरजिम्मेवारीपूर्वक भर्ना खुलाइएको छ ।
त्रिभुवन विश्वविद्यालयले अघिल्लो साता मात्रै एउटा सूचना प्रकाशित ग¥यो । त्रिविका विविध संकायअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०७९/०८० का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा नयाँ भर्ना खुलेको सूचनामा उल्लेख थियो । त्रिविले प्रकाशित गरेको सूचनामा स्नातकोत्तर प्रथम सेमेस्टरमा भर्ना हुन आवेदन फारम बुझाउने म्याद पुस ६ देखि माघ ५ गतेसम्म तोकिएको छ । प्रवेश परीक्षाका लागि भने सम्बन्धित डिनको कार्यालयले निर्धारण गरेअनुसार हुने भनिएको छ । कक्षा सञ्चालन माघ २२ गतेदेखि हुने सूचनामा उल्लेख छ ।
शिक्षाध्यक्षको कार्यालयबाट प्रकाशित उक्त सूचनाले त्रिविको आफ्नै प्रणालीलाई गिज्याएको छ । एकपटक समयमा परिक्षा गर्न र नजिता सार्वजनिक गर्न नसक्ने त्रिबिले आफ्नै क्यालेण्ड लत्याउँदै भर्नाको सूचना जारी गरेको छ । सूचनामार्फत शैक्षिक तालिकाअनुसार विद्यार्थी भर्ना, कक्षा सञ्चालन र परीक्षा सञ्चालन गर्न–गराउन सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिइएको छ । त्रिविको कदमले यतिबेला विद्यार्थीहरुलाई आक्रोशित बनाएको छ । त्रिविले भर्ना खुला गर्नुअघि परीक्षाफल सार्वजनिक गर्नुपर्ने माग राखेर विद्यार्थीहरु आन्दोलित बनेका मात्रै छैन त्रिविको मनोमानीविरुद्ध आक्रोश समेत पोखिरहेका छन् ।
विद्यार्थीमात्र होइन स्नातक र स्नातकोत्तर तह सञ्चालन गर्न सम्बन्धन प्राप्त गरेका क्याम्पसहरु नै त्रिविको शैक्षित गतिबिधिबाट आजित बन्न थालेका छन् । स्नातकको नतिजा समयमा नआउँदा सोही कक्षाको भर्नामा समेत असर परिरहेको तर्फ त्रिवीको ध्यान पुगेको छैन । तर परिक्षाको नतिजा नआउँदै माथिल्लो कक्षामा भर्नाको हतारोले विद्यार्थीहरुलाई मारमा पारेको छ । विद्यार्थीमाथी विभिन्न बाहानाबाजी बनाएर बारम्बार खेलवाड गरिरहेको छ । देशका विभिन्न विश्वविद्यायहरुले अहिले पनि शैक्षिक क्यालेण्डर अनुसार नै शैक्षिक गतिबिधिहरु गरिरहेका छन् ।
परिक्षा, नतिजा प्रकाशन र भर्नामा समस्या छैन । तर त्रिविले लामो समयदेखी आफैंले बनाएको शैक्षिक तालिका लत्याइरहेको छ । समयमा परीक्षा नगराउने त्रिवीले समयमा नतिजा सार्वजनिक गर्दैन । तर स्नातकको नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना खुलाएर आफैलाई लज्जित बनाएको छ । तीन महिना हाराहारिमा आउनुपर्ने परिक्षाफल वर्षौसम्म निकाल्न नसक्ने त्रिबिले अहिलेसम्म पनि समयमा परिक्षा गराउन नसकेको, परिक्षाफल प्रकाशन गर्न नसकेको भरपर्दो जवाफ दिन सकेको छैन ।
नतिजा नआउँदै भर्नाका लागि निकालिएको सूचनामा चित्तबुझ्दो कारण दिन नसकेको त्रिभुवन विश्वविद्यालय कोरोना महामारि, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई बाहाना बनाएर आफ्नो गैह्र जिम्मेवार हर्कदबाट पन्छिन खोजिरहेको छ । तीन वर्षको स्नातक तह सक्न कोभिड र नतिजाको ढिलाइले विद्यार्थीहरुलाई यसैपनि चार वर्ष लागेको छ । अझै रिजल्ट आउने छाँटकाट त्रिवीले देखाएको छैन ।
हुन त, त्रिविबाट परीक्षाफल प्रकाशन हुन ढिलाइ भएको यो पहिलो घटना होइन, यसअघि स्नातक तहको नतिजा १५ महिनासम्म प्रकाशित नगरेको त्रिवी चौतर्फी दबाबपछि नतिजा प्रकाशित गर्न बाध्य भएको थियो । कक्षा १२ को नतिजा सार्वजनिक भएको एक महिनापछि अर्थात असोजको पहिलो साता नै स्नातक तहको कक्षा सुरु हुनेगरेकोमा यसपटक अधिकांश कलेजमा पुसको पहिलो सातासम्म नयाँ कक्षा सञ्चालन भएका छैनन ।
त्रिविभित्रको राजनीति र अस्तव्यस्त व्यवस्थापनको मारमा विद्यार्थीसँगै कलेजहरु समेत पर्दा विभागिय मन्त्रालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र मन्त्री कुन तैचुप मै चुप ? त्रिविको मनोमानी र ढिलासुस्तीमाथी प्रचण्ड सरकारले लगाम लगाउँला त ? चासो, गुनासोसँगै प्रश्न गर्नेहरु बढिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चरम राजनीति, #त्रिभुवन विश्वविद्यालय, #भद्रगोल व्यवस्थापन
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्