संघीय संसदको अधिवेशन पुस २५ गते आह्वान गर्न सरकारको सिफारिस
काठमाडौं । सरकारले संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो।
बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको बताएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
संविधानमा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशनमा संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #राष्ट्रपति समक्ष सिफारिस, #संघीय संसद
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्