कैलालीमा नक्कली नोट र बाघको हड्डीसहित ५ जना पक्राउ
कैलाली । धनगढीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ बसपार्क र १३ को राजपुर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका–६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका–६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका–१० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका–१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन ।
राजपुरमै डेरा गरेर बस्ने धामीको कोठा खानतलासी पलङ खटियाको सिरानि मुनी लुकाएर राखेको अवस्थामा १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिक भित्र लुकाएको अवस्थामा प्रतिबन्धीत जडिबुडी पनि बरामद गरिएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नक्कली नोट, #बाघको हड्डी, #साल्ट ट्रेडिङ कर्पोरेसन
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्