मेयर बालेनको टिप्पणीः राजा फर्काउने र राजा मार्छु भन्नेले सँगै बसेर बनाए सरकार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति कडा टिप्पणी गरेका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु प्रधानमन्त्री नियुक्त भएपछि बालेनले राजा फर्काउँछु भन्ने, राजा नचाहिने र राजालाई मार्छु भन्ने तीनवटै दल सरकारमा समावेश भएको भन्दै टिप्पणी गरेका हुन् ।
यस्तै गठबन्धनले जनतालाई सधैं सास्ती हुने गरेको पनि उनले लेखेका छन् । ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधैं सास्तीमा,’ उनले आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । नयाँ गठबन्धन सरकारमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको सहभागिता छ।
यसअघि शनिबार पनि बालेनले जननिर्वाचित नयाँ सांसदहरूलाई गफाडी भनी टिप्पणी गरेका थिए । उनले कवितात्मक शैलीमा लेखेका थिए, नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश, उही पुराना व्यापारीहरू । सरकार गठन र दलहरुले देखाएको प्रवृत्तिबारे मेयर बालेनले टिप्पणी गर्दै आएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्