Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

सरकारी सवारीसाधनले इम्बोस्ड नम्बर’ फागुनभित्र नराख्ने कारबाही


काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा ‘इम्बोस्ड नम्बर’ जडान नगरे सरकारी सवारीसाधनलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारीसाधन सडकमा देखिए सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार दुई हजार जरिवाना गर्ने विभागले चेतावनी दिएको हो ।

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रूपमा कर तिरिसकेको हुनुपर्ने विभागले जनाएको छ । इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने विभागले जनाएको छ ।

सरकारी गाडीले फागुन मसान्तसम्म इम्बोस्ड जडान नगरेको पाए दुई हजार जरिवानासहित इम्बोस्ड नम्बर जडान गर्न लगाइने बताइएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इम्बोस्ड नम्बर, #सवारीसाधन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं