सर्वोच्चले दियो सिरियल किलर चार्ल्स शोभराजलाई थुनामुक्त गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो । थुनामा बसेका कैदीबाट आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भनी निवेदन पेश गरेका थिए । इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठहर्याएर थुनामुक्त गर्नु भनी आदेश जारी गरेको हो ।
शोभराजले आफ्ना कानून व्यवसायीमार्फत पटक–पटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग गर्ने गरेका थिए । शोभराजलाई जिल्ला अदालत भक्तपुरले २०३२ मंसिर २८ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
नेपालमा १९ बर्षदेखि कैद सजाय भोगिरहेका फ्रान्सेली अभियुक्त चार्ल्स शोभराजलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ता गर्न आदेश जारी गरेको हो । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका ७८ वर्षीय शोभराज मुटुको रोगी भएकाले ओपन हार्ट सर्जरी गर्नुपर्ने भएकाले कारागार नियमावली, २०२० को नियम २९ (२क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्थाअनुसार थुनामुक्त गर्न सर्वोच्चले आदेश गरेको हो ।
कानून व्यवसायी शकुन्तला विश्वासले विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेशले आफूलाई खुशी बनाएको बताइन । ढिलै भए पनि अदालतले चार्ल्सको पक्षमा आदेश दिएको बताउँदै विश्वासले खुशी व्यक्त गरिन् । शोभराजले उनकी छोरी निहितासँग कारागारमै विवाह गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चार्ल्स शोभराज, #शोभराजलाई छाड्न आदेश, #सपना प्रधान
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्