कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबीच प्रतिष्पर्धा, कसले मार्ला बाजी ?
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि केहीबेरमा मदतान हुदैछ । बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहरदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ ।
मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ । यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा उत्रिएका छन् ।
गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ ।
देउवा र थापाले मंगलबार नै मनोनयन दर्ता गरेका थिए । कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि बहुमत अर्थात ४५ मत ल्याउनुपर्ने छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कसले मार्ला बाजी, #नेपाली कांग्रेस संसदीय दल, #मतदान गर्ने
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्