नेपाली कांग्रेसको संसदीय दल निर्वाचनः आज उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ ।
दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिएका छन् । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुनेछ ।
बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया अघि बढाएको हो ।
नेपाली कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । उनीहरू ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेछन् भने उनीहरूको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ ।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अन्तिम नामावली, #कांग्रेसको संसदीय दल, #निर्वाचन प्रक्रिया
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्