राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सञ्चार माध्यममा बोल्न र अन्तरवार्ता दिन रोक
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदलाई सञ्चार माध्यममा बोल्न रोक लगाइएको छ । पार्टीले सबै सांसदलाई पदको सपथ नलिएसम्म सार्वजनिक सञ्चार माध्यममा बोल्न र प्रतिक्रिया दिन प्रतिबन्ध लगाएको हो।
अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको, नयाँ सरकारमा हुने भूमिका खुलिनसकेको अवस्थामा सञ्चार माध्यममा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको एक नेताले जानकारी दिए । मंसिर ४ को निर्वाचनबाट संघीय संसदको चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद छन्।
उनीहरू कसैलाई पनि अहिले सार्वजनिक मिडियामार्फत आफ्नो भनाइ नराख्न पार्टीले आन्तरिक बैठकमा निर्देशन दिएको थियो । पार्टी सभापति रवि लामिछानेले सांसदका पछिल्ला अन्तर्वार्ता विवादित भएपछि नबोल्न निर्देशन दिएको बताइएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्