जरिवाना तिर्न मेयर बालेनको आनाकानी, मिनाहाका लागि दिए निर्वाचन आयोगमा निवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जरिवाना मिनाहा गरिदिन माग गरेका छन् । उनले निर्वाचन आयोगले तोकेको जरिवना मिनाहा गरिदिन आग्रह गर्दै निवेदन दिएका हुन । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि साहले जरिवाना मिनाहाका लागि निवेदन दिएका छन् ।
उनले फोहर व्यवसस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको भन्दै आयोगमा खर्च मिनाहाको माग गरेको बताइएको छ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको अभिलेखबमोजिम साहले असार १२ गते खर्च विवरण बुझाएका थिए । जेठ १२ गते काठमाडौँ महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो ।
त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गरेका थिए ।बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गरेका थिए । खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाएका थिएनन् । उनले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनमा कुल तीन लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख छ ।
निर्वाचन आयोग ऐनले राजनीतिक दल वा उम्मेदवारले तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ, सोही बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ। जसबमोजिम काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले खर्च गर्न पाउने साढे सात लाख रुपियाँ जरिवाना तिर्नुपर्ने हुन्छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #निर्वाचन आयोग, #बालेन साहले जरिवाना मिनाहा
ताजा खबर
- १कोप सम्मेलनमा वन मन्त्रालयका कर्मचारीको रजाँई,विदेश जान लामै लिष्ट
- २दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय
- ३रवि लामिछानेलाई १० दिन हिरासत राख्न अदालतको अनुमति
- ४उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग
- ५नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन
तपाईको कमेन्ट लेख्नुहोस्