स्याङ्जा २ मा धनराज गुरुङ साढे ५ हजार बढी मतले अगाडि
काठमाडौं । स्याङ्जा २ मा प्रतिनधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता बनाउँदै लिएका छन् ।
शनिबार बेलुका सार्वजनिक मतपरिणाम अनुसार धनराजले २८ हजार ४ सय २६ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २२ हजार ६ सय ५४ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ५ हजार ७ सय ७२ छ ।
स्याङ्जा प्रदेशसभा निर्वाचन क्षेत्र २ मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम राखेका छन् । उनले १६ हजार १ सय ९ मत पाएका छन् भने नेकपा एमालेका वुद्धिमान श्रेष्ठले १३ हजार ९४ मत पाएका छन् ।
भट्टराई ३ हजार ३ सय ५मतान्तरले अगाडि छन् । स्याङ्जा २ मा प्रतिनिधिसभामा ७० हजार १ सय ९१ मत खसेकामा अब चापाकोट नगरपालिकाको ५, ६, ७, ८, ९ र १० नम्बर वडाको मतगणना हुन बाँकी छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #धनराज गुरुङ, #पद्मा अर्याल
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्