चार महिनामै १ हजारभन्दा बढी विद्युतीय गाडी आयात
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना मा १ हजारभन्दा बढी विद्युतीय सवारी आयात भएको छ । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९–८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको हो ।
सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको पनि छ । तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको देखिन्छ । चार महिनामा २ अर्ब ८६ करोड रुपैयाँ मूल्यको इलेक्ट्रिक गाडी आयात भएको छ ।
यस्तो आयातबाट सरकारले ८५ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तीन महिनामा २ अर्ब ७३ करोड मूल्य बराबरको १०० किलोवाटसम्मका ९०५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिएको छ ।
१०० देखि २०० किलोवाटसम्मका २५ वटा र २०० देखि ३०० किलोवाटसम्मका ३ वटा बिजुली गाडी नेपाल भित्रिएका छन् । गत आर्थिक वर्ष २०७८–७९ मा कुल १ हजार ८०५ वटा विद्युतीय (इलेक्ट्रिक) चारपांग्रे गाडी नेपालमा भित्रिएका थिए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चालु आर्थिक वर्ष, #विद्युतीय सवारी आयात
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्