पहिलो पटक विजयकुमार गच्छदार पराजित, एमालेकी भगवती चौधरी विजयी
काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार पहिलो पटक पराजित भएका छन् । उनलाई सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले हराएकी हुन । उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाएका थिए ।
यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् । २०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने बाहिर हुनेछन् ।
एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनै चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् ।
चौधरीलाई २०७० मा भएको दोस्रो संविधानसभामा ३ सय ६२ मतले र पछिल्लो २०७४ को निर्वाचनमा ३ सय २१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई ५ हजार बढी मतको अन्तरले पराजित गरेकी छिन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेकी भगवती चौधरी, #विजयकुमार गच्छदार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्