ओलीलाई बालेनको प्रश्नै प्रश्नः ३२ बर्षसम्म सुकुम्बासीका समस्या किन देख्नुभएन
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कडा जवाफ दिएक छन् । ओलीले बाग्मती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिँदा ओलीले नदेखेको टिप्पणी गरेर प्रहार गरेका छन् ।
उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै प्रश्न गरेका छन् । ‘हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ?’ उनले भनेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले बिरोध गर्नु असामान्य होइन ।’
मेयर बालेनले अब परिस्थिति फेरिसकेको भन्दै ओलीलाई चेतावनी दिएका छन् । ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला,’उनले चेतावनी दिएका छन् । ओलीले सार्वजनिक कार्यक्रममा सुकुम्वासीका पक्षमा बोल्ने बालेनको आालोचना गरेपनि मेयर बालेनले यस्तो प्रतिक्रिया दिएका हुन ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमालेका अध्यक्ष केपी ओली, #ओलीलाई बालेनको प्रश्नै
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्