माओवादीको ओरालो यात्रा,२०६४ को जनमत जोगाउन नसक्दा सधैं तेस्रो नम्बरमा
काठमाडौं । संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्र तेश्रो शक्तिको रुपमा आफुलाई पुन स्थापित गरेको छ । नेपाली राजनीतिमा तेश्रो शक्तिको रुपमा स्थापित माओवादीले संसदीय निर्वाचनमा भने वौदिक समुदायको बसोबास रहेको काठमाडौ उपत्यकामा जित निकाल्न सकेन । उपत्यकाका जनताको भावनालाई संवोधन गर्न नसकेका कारण माओवादीप्रति जनताको भरोसा घट्दै गएको नेताहरु नै बताउछन ।
अहिलेको चुनावमा प्रत्यक्षतर्फ १७ सिट मात्रै माओवादीले जितेको छ । जुन दलसँग गठबन्धन गरेपनि माओवादी तेस्रो स्थानमा रहेको छ । समानुपातिकमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले नै माओवादी केन्द्रलाई चुनौति दिइरहेको छ । माओवादीले २०६४ को आफनो जनमत जोगाउन नसक्दा माओवादीको ओरालो यात्रा सुरु भएको देखिन्छ । सत्ताको बागडोरमा सधैं बस्ने तर, जनताको पक्षमा काम गर्न नसक्दा माओवादीको जनाधार खस्किदै गएको देखिन्छ ।
संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले उपत्यकाको प्रतिनिधि सभा अन्तर्गत १५ सिट मध्ये ७ क्षेत्रमा उम्मेदवार उठाएको थियो । तर, एउटा पनि जित निकाल्न सकेन । काठमाडौ उपत्यकामा उम्मेदवार बनेका माओवादीका अधिकाँस नेता बाहिरी जिल्लाबाट उम्मेदवार बन्न आएका कारण उनीहरुको हार भएको भन्नेहरु पनि छन ।
पार्टी संगठन राम्रो भएपनि नेतृत्वले उपत्यकावासिको समस्या संम्बोधन गर्न उदासिन भएका कारण माओवादी उम्मेदवारको हार भएको नेताहरु नै बताउछन । बाहिरी जिल्लाबाट आउने र चुनाव जितेपछि गायव तथा निर्वाचन क्षेत्रको विकासका लागि उदासिन बन्ने गरेका कारण पनि उपत्यकामा माओवादीलाई रोज्न जनता आकर्षित नभएको बताइन्छ । अन्य क्षेत्रलाई छाडने हो भनेपनि काठमाडौ क्षेत्र नं २ मा पूर्व सभामुख ओनसरी घर्ति र ललितपुर क्षेत्र न.३ मा उर्जामन्त्री समेत रहेकी पम्फा भुषालले समेत चुनाव जित्न सकेनन ।
यसैगरी भक्तपुर १ मा समेत माओवादी उम्मेदवार सुनिल गोठेले निर्वाचनमा आफनो प्रतिद्धन्द्धी विरुद्ध न्युन मत पाए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले उपत्यकामा ७ सिट जितेको थियो । २०७० मा देशभर २६ सिट जितेको थियो भने उपत्यकामा एक सिट जीत्न सकेन । तेती बेला काठमाडौ १० बाट अध्यक्ष प्रचण्डले समेत हार ब्यर्होनुपर्यो ।
२०७४ मा एमालेसँग गठबन्धन गरेको माओवादीले उपत्यकाको केही ठाउँमा चुनाव जितेको थियो । तर संसदीय निर्वाचनमा आएर उपत्यकामा माओवादीले एक सिटपनि जित्न सकेन । उपत्यकामा माओवादीले पराजय भोग्नुको कारण मध्ये स्थानिय नेता कार्यकर्ता सुविधा भोगी बन्दै जानु, धेरै जसो अन्य दलको सहयोगमा जित निकाल्न खोज्नु,स्थानिय नेतालाई प्राथमिकता नदिई बाहिर जिल्लाबाट उम्मेदवार पठाउनु लगायतका कारणले माओवादीले काठमाडौ उपत्यकामा पराजय भोग्ने गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गठबन्धन, #तेश्रो शक्ति, #नेकपा माओवादी केन्द्र, #संसदीय निर्वाचन
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्