समानुपातिकमा माओवादीलाई पछि पार्दै अघि लाग्यो ‘घण्टी’
काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि बढेको छ । सोमबार विहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो।
स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाउँदा माओवादी केन्द्रले १० लाख ५२ हजार मत ल्याएको छ। समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर छ।
हालसम्म एमालेले २५ लाख २५ हजार, काँग्रेसले २३ लाख ९० हजार, राप्रपाले ५ लाख ४४ हजार, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार र नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत ल्याएको छ।
सुरुदेखि नै माओवादीलाई पछि पारेको घण्टी दुईअघि माओवादीले केही मतले अघि देखिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेकपा माओवादी केन्द्र, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #समानुपातिक
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्