दल नभई व्यक्तिप्रतिको वितृष्णाको मत रास्वपामा गयोः शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले दलका व्यक्तिप्रतिको वितृष्णा राष्ट्रिय स्वतन्त्र पार्टीमा मत गएको बताएका छन् । निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुरा गर्दै उनले जनताले दलसँग भन्दा पनि दलका व्यक्तिप्रतिको वितृष्णा रास्वपालाई मत दिएर पोखेको बताएका हुन ।
अहिलेका दलले सुशासन दिन नसक्दा नयाँ दलले मत पाएको उनको दाबी छ । अब बन्ने सरकारले सुशासन दिन नसक्ने हो भने यो वितृष्णा झन् बढ्दै जाने उनले बताए । अब बन्ने सरकारले सुशासन कायम गर्न नसके आफूले संसदबाट प्रश्न उठाउने उनको भनाइ छ ।
उनले संसदीय दलको नेतामा दाबी गर्ने नगर्ने विषयमा अहिले नै निर्णयमा नपुगेको बताएका थिए । मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितलाई पराजित गर्दै कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डाक्टर शेखर कोइराला, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्