जाजरकोट प्रदेश सभामा १ मा राजीव विक्रम शाह विजयी
काठमाडौं । जाजरकोट प्रदेश सभा १ मा नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी भएका छन् । बुधबार बिहान गरिएको अन्तिम मतगणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका थिए । उनीहरु बीच ५ हजार ५१० मतान्तरको फरक छ ।
शाह प्रतिनिधि सभामा चुनाव लड्न चाहेका थिए । तर, सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि प्रदेशमा झरेका हुन् । शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए ।
शाह यसअघि दोस्रो संविधान सभा सदस्य थिए । शाह निर्वाचित भएको प्रदेश १ मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जाजरकोट प्रदेश सभा १, #राजीव विक्रम शाह
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्