प्रधानमन्त्री देउवाको सातौं संसदीय यात्रा,पाँचौ पटक सरकारको नेतृत्व
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित भएका छन् । २०४८ देखि निरन्तर जित्दै आएका देउवा अहिले पनि फराकिलो मत सहित विजयी भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।
देउवाले २५ हजार ५ सय ३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५ सय ३५ मत ल्याएका छन् । देउवाले २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित भएका थिए । त्यसैगरी २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।
२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए । डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मिएका देउवा नेपाली काँग्रेसको दुई पटक सभापति भइसकेका छन् ।
विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका देउवा लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन विताएका छन् । काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका सभापति देउवालाई ७५ वर्षको उमेरमा पाँचौँ पटक देशको कार्यकारी प्रमुख बन्ने सौभाग्य मिल्यो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #शेरबहादुर देउवा, #सागर ढकाल, #सातौँ पटक निर्वाचित
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्