निर्वाचन आयोगले भन्योः ६१ प्रतिशत मतदान, १५ स्थानको मतदान स्थगित
काठमाडौं । देशभर ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ । आयोगले अपेक्षा भन्दा कम मतदान भएको पनि उल्लेख गरिएको छ । आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ ।
यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कतिपय ठाउँको एकिन संख्या आइनसकेकाले केहि संख्या बढ्ने सक्ने समेत बताए ।
यसअघि २०७४ सालको निर्वाचनमा ६८ प्रतिशत भोट खसेको थियो । त्यसको तुलनामा अहिलेको मतदान ८ प्रतिशत न्यून हो । यसले मतदाताहरू चुनावमा भोट हाल्न निरुत्साहित बन्दै गएको देखिन्छ ।
देशभरका १५ मतदान स्थलको मतदान स्थगित भएको छ । सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित भएको हो । यस अघि २०७४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ६८.६६ प्रतिशत मत खसेको थियो ।
यस्तै २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा ७८ प्रतिशत र २०६४ सालको पहिलो संविधासभा सभा निर्वाचनमा ५४.५७ प्रतिशत मत मात्रै खसेको थियो ।
यस्तै गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६४ प्रतिशत मत खसेको थियो । यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #६१ प्रतिशत मतदान, #निर्वाचन आयोग
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्