एमाले अध्यक्ष ओलीले मतदानपछि भने मंसिर १५ सम्ममा एमालेको सरकार
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेसम्म एमालेको बहुमतीय सरकार बन्ने दाबी गरेका छन् । आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा।वि।को मतदान केन्द्रबाट मतदान गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरेका हुन्।
अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरूसँग मिलेर सरकार बनाउने बताएका थिए । उनले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।
एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरूको सरकार बन्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने बताए।
शान्तिपूर्ण रूपमा, निर्वाध रूपमा निर्वाचन सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । नयाँ दलहरू राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको पनि ओलीले बताए। ओली झापा–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेको बहुमतीय सरकार, #केपी शर्मा ओली, #मंसिर १५ गते
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्