शीर्ष नेताले गरे मतदान,आ–आफनो पार्टीको बहुमत आएर सरकार बनाउने दावी
काठमाडौं । विभिन्न दलका शीर्ष नेताहरुले आफ्नो मतदाता नामावलीमा भएको क्षेत्रमा पुगेर मतदान गरिरहेका छन् ।
प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले मतदान गरेका छन् । देउवाले गृह जिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर मतदान गरिसकेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भतmपुरको सुर्यविनायक नगरपालिका वडा नम्वर २ बालकोटमा स्थित स्थानिय शान्ति माविको मतदान केन्द्रमा मतदान गर्दै छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा न.१४ स्थित शान्तिपुरको पुलिस स्कुल शिवनगर मतदान केन्द्रमा मतदान गरिसकेका छन् । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकास्थित श्रीराम जानकी कन्या आधारभूत विद्यालयमा मतदान गरिसकेक छन् । एकिकृत समाजवादीकै सम्मानित नेता तथा पुर्वप्रधानमन्त्री झलना खनालले इलामको सुर्योदय नगरपालिका वडा नम्वर १ मा मतदान गरेका छन् ।
यस्तै, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुको ब्यास नगरपालिकाको वडा नम्वर २ स्थित सत्यवती मतदान केन्द्रमा मतदान गरेका छन् । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनस्थित राप्ति–५ स्थित भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरेका छन् । कांग्रेस महामन्त्री गगन थापाले मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गरे । एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गुल्मीको मदाने गाउँपालिका ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरिन् ।
कांग्रेस नेता डा शेखर कोइरालाले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखास्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौंको क्षेत्र नम्बर ३ स्थित पानीट्यांकी मतदान केन्द्रबाट आफ्नो भोट खसाएका छन् । यसैगरि प्रमुख निर्वांचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुर लोकन्थलीस्थित युनिक स्कुल मतदान केन्द्रमा मतदान गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #मतदान, #शीर्ष नेताहरु
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्