अर्थविद् स्वर्णिम वाग्लेले भने निर्वाचनपछिको प्रधानमन्त्री गगन थापा
काठमाडौं । अर्थविद् स्वर्णिम वाग्लेले मंसिर ४ को निर्वाचनपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रधानमन्त्री बन्ने दाबी गरेका छन । शनिबार काठमाडौं क्षेत्र नम्बर–४ को कार्यक्रममा वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको बताएका हुन्।
वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूजस्तै विज्ञहरूको टिम रहेको समेत जानकारी दिए । थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलूकमा ठूलो परिवर्तन आउने वाग्लेको भनाइ छ। गगन थापालाई फेरि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षाको प्रत्याभूतिले मूर्त आकार लिने वाग्लेको दाबी छ ।
यस्तै थापामा राजनेतामै आउने खालको झलक पनि भएको उनले जिकिर गरे। यस्तै उनले सवलीकरण, सक्षमताको एजेण्डा भएको र यो कामको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #थापा प्रधानमन्त्री, #महामन्त्री गगनकुमार थापा, #स्वर्णिम वाग्ले
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्