दलका उम्मेदवार मत माग्न घरदैलोमा, मतदाता रोजगारका लागि विदेश जाने लाइनमा

काठमाडौं । जब जव चुनाब आउछ तब नेताहरुले बिकासका ठुला–ठुला भाषण दिन्छन् । स्वदेशमै रोजगारको ब्यवस्था गछौं भन्दै आश्वासन घरदैलोमै बाढ्छन् । तर, नेता घरदैलोमा हुँदा देशको दक्ष जनशक्ति युवा भने रोजगारका लागि विदेशीन बाध्य छन् । आखिर गफले मात्रै पेट पाल्न कहाँ सकिन्छ र ? देश निर्वाचनमय बनेको छ । दलहरु भोट माग्न अनेक सपना बाढ्दै घरदैलोमा पुगेका छन् ।
शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गछौं भन्दै उही पुरानै नारा सहित मत मागिरहेका छन् । स्वदेशमै रोजगारी सिर्जना गर्ने र उद्योग कलकारखाना खोल्ने दलहरुको चुनावी एजेण्डा ठूलै अक्षरमा छ । तर, मंसिर ४ आउन एकसाता बाँकी रहँदा उनै दललाई मतदान गर्ने मतदाता भने श्रम बेच्न विदेशी भूमिमा जान बाध्य छन् ।
घरदैलोमा थरी थरीका राजनीतिक दल मत माग्न पुग्दा मतदाता भने रोजगारीका लागि बाहिर जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लाइन लागिरहेका छन् । रोजगारीका लागि काम गर्छु भन्ने नारा लिएर घरमा नेताको हुल नै लाग्छ । बिमानस्थलमा देखिएको यो भिडले ती नारा र अभियानलाई गिज्याइरहेको छ । उनीहरुलाई जनप्रतिनिधि छान्ने चाहना नभएको पनि होइन तर नेताका आश्वासनले मात्रै पेट भरिदैन ।
देशमा रोजगारी छैन् । जिविकोपार्जन गर्नकै लागि भएपनि उनीहरु विदेशिन बाध्य छन् । नेताहरुले चुनाबका बेलामा मात्रै आश्वसन बाड्ने र चुनाब जिते पछि आफैले गरेका प्रतिवद्घता बिर्सने उनीहरुको गुनासो छ । राजनितिक दलहरुले आगामी पाँच वर्ष ५ देखि २० लाखसम्मलाई रोजगारी दिने गरी घोषणा पत्र बनाएका छन् ।
कांग्रेसले पाँच वर्षमा १२ लाख ५० हजार, एमालेले ५ लाख र माओवादीले २० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य सार्वजनिक गरेका छन् । तर, उनीहरुले गरेका ति बाचा नागरिकले पत्याउनै छाडिसके । कोरोना महामारीपछि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट रोजगारीका लागि बाहिरिनेको संख्या बढेको छ । दैनिक २ हजारदेखि २५ सयसम्म युवाहरु बाहिरएको तथ्यांक बैदेशिक रोगजार विभागसँग छ । असोजमा मात्रै २७ हजार ६२ जना मलेसिया पुगेका छन् ।
त्यस्तै, कतारमा ९ हजार ८ सय ४५, यूएईमा ७ हजार ८ सय ४५, साउदी अरेबियामा ६ हजार ५ सय ३६, कुवेतमा ३ हजार ४ सय ९७ र कोरियामा १ हजार ९ सय १८ जना सहित ६३ हजार युवा विदेशिएका छन् । विदेशीनेको संख्या बढ्दो छ । तर, दलहरुलाई भने घोषणा पत्रमा लेखिएका शब्द सुनाउदै ठिक्क छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चुनाब आउछ, #विदेशी भूमि, #स्वदेशमै रोजगार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्