बालेनले आयोगलाई पठाए जवाफ, लौरो अभियानसँग कुनै सम्बन्ध छैन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको जवाफ निर्वाचन आयोगलाई पठाएका छन् ।
लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले कात्तिक १८ मा स्पष्टीकरण सोधेको थियो । आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिंदै बालेनेले स्थानीय सदस्य निर्वाचन–२०७९ मा म स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह प्राप्त गरी काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई निर्वाचित भएको बताएका छन् ।
यही ४ मंसिर २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह प्राप्त गरी चुनावमा सहभागी भैरहेको उक्त दल र उक्त दलका कुनै पनि उम्मेदवारसँग मेरो कुनै सम्बन्ध छैन । ’
कुनै दलमा आबद्ध नभएको भन्दै मेयर बालेनले आफू निर्वाचित हुँदाको लौरो चुनाव चिन्ह र अहिलेको दलको चुनाव चिन्ह लौरोको बीचमा कुनै प्रकारको सम्बन्ध नरहेको प्रष्ट पारेका छन् । आफ्नो समर्थनविना प्रचार गरेकोमा आपत्ति जनाउँदै उनले यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्न आयोगसँग अनुरोध समेत गरेका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #बालेन्द्र साह
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्