सन्दीप लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन ढिलाई भएको हो ।
प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ मा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ। प्रहरीले पीडितलगायतको बयान, होटलका सीसीटीभी फुटेज, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।
सन्दीपले भने आरोपको खण्डन गर्दै आएका छन्। उनले नाबालिका भनिएकी केटी १९ बर्षकी भएको बताउदै आएका छन् । स्वदेश फर्किने क्रममा गत असोज २० गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नाबालिगलाई बलात्कार, #सन्दीप लामिछाने
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्