डा.नवराज गौतमको स्मृतिमा बन्यो रुकुमपश्चिममा प्रतिष्ठान
रुकुमपश्चिम । जिल्लामै पहिलो पिएचडी गर्ने नवराज गौतमको स्मृतिमा प्रतिष्ठान बनाइएको छ । सदरमुकाम मुसिकोटमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम स्मृति प्रतिष्ठानको उद्घाटन गरिएको हो । उनको सम्झनामा प्रकाशित स्मृतिग्रन्थको विमोचन पनि बिमोचन गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष भक्तकुमारी गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले गौतम स्मृति प्रतिष्ठानको उद्घाटन र स्मृतिग्रन्थको विमोचन गरेका थिए ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र के.सी. प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, नेपाल ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष जयानन्द शर्मा, राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं स्मृतिग्रन्थका प्रधान सम्पादक कमलमणि देवकोटा लगायतले गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै व्यक्तित्व तथा कृतित्वको चर्चा गरेका थिए ।
स्मृतिग्रन्थको समीक्षा त्रिभुवन जनता माध्यमिक विद्यालयका प्राचार्य हरिप्रसाद खनालले गरेका थिए । शिक्षा, न्याय, समाजसेवा,राजनीति क्षेत्रमा क्रियाशील वरिष्ठ अधिवक्ता डा. नवराज गौतमको गत वर्ष असोज २८ गते ६७ वर्षको उमेर काठमाडौंमा निधन भएको थियो ।
वरिष्ठ अधिवक्ता डा. नवराज गौतम स्मृति प्रतिष्ठानकी उपाध्यक्ष अधिवक्ता रमा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव अधिवक्ता आर.सी. गौतमले गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, साहित्य
ट्याग : #गौतमको स्मृतिमा प्रतिष्ठान, #नवराज गौतम, #वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्