गठबन्धनको चुनावी कमाण्डर बने रामचन्द्र पौडेल, सातै प्रदेशमा संयुक्त भेला
काठमाडौं । सत्ता गठबन्धनले संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार बसेको गठबन्धनको बैठकले सात वटै प्रदेशमा गठबन्धन दलका संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।
गठबन्धन दलहरुको संयुक्त अपिल प्रकाशनका लागि चार सदस्यीय मस्यौदा समिति गठन समेत गर्ने निर्णय भएको छ । समितिमा कांग्रेसबाट प्रकाश शरण महत, माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एसबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीलाई जिम्मा दिइएको छ ।
बैठकले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति गठन गर्ने र प्रदेश तथा जिल्लाहरुमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रदेशमा गठबन्धन, #रामचन्द्र पौडेल, #सत्ता गठबन्धन
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्