गुल्मीका एक युवकले दुबईमा जिते ३४ करोड रुपैयाँको चिठ्ठा

काठमाडौं । एक नेपाली युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत विकले दुवईको चर्चित मजुज चिठ्ठा जितेका हुन् । दश मिलियन अर्थात् एक करोड दिरामको सो चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन ।
मजुजले साप्ताहिक रुपमा खुलाउने चिठ्ठामा भरतले दुई वर्षदेखि चिठ्ठा किनिरहेका । घर फर्किने तयारीमा रहेका उनको भाग्य अन्तिम चिठ्ठाबाट चम्किएको छ । चिठ्ठा जित्नुअघिसम्म उनको दुबईमा बैंक खातासमेत थिएन । ‘म त निकै खुसी छु’ उनले भने–शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।
’ चिठ्ठा जितेको पैसाले भरतले आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहेका छन । आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनले योजना बनाएका छन । उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहेको बताएका छन ।
‘चिठ्ठा जिते पनि आफूले कार धुने काम नछाड्ने बताएका छन । तीन वर्षअघि दुबई गएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबमा थिए । ‘अहिलेसम्म करिब ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेको बताइएको छ । जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चिठ्ठा जित्ने भरत, #युवकले दुबईमा झण्डै ३४ करोड
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्