मोहमम्द दर्जी कार वरिपरि दौडिरहे, हतियारधारी समूहले गोली चलाइरह्यो (भिडियोसहित)

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार राति एक व्यवसायीमाथि गोली प्रहार भएको छ । कपडा व्यवसायी सर्लाहीको हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीमाथि गोली प्रहार भएको हो ।
तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट गोठाटारमा झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गोठाटार फर्किएका थिए । गाडीबाट झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको हो ।
उनी गाडी खोलेर ओर्लिनासाथ गोली हान्न सुरु गरिएको थियो । मोटरसाइकलमा आएकाहरुले उनीमाथि गोली चलाएका थिए । गोली चल्न थालेपछि मोहम्मदले गाडीको वरिपरि घुम्दै भाग्दाभाग्दै तीन राउण्ड गोली लागेको छ । गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको छ ।
गोली हान्ने समूह मोटसाइकल चढेर भागेको देखिन्छ । मोटरसाइकलमा आउँदा दुई जना आएको र भाग्ने क्रममा तीन जना गएको बताइएको छ । घटनास्थलबाट पेस्तोल बरामद भएको छ । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कपडा व्यवसायी, #त्रिवि शिक्षण अस्पताल, #व्यवसायीमाथि गोली प्रहार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्