अवैध संरचना हटाउने महानगरको अभियानमासँगै रहेको उपमेयर सुनिताको प्रष्टिकरण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अनाधिकृत संरचना हटाउने र भुमिगत पार्किङ खाली गराउने अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठेपछि उपमेयर सुनिता डंगोलले स्पष्टीकरण दिएकी छन् ।
उपमेयर सुनिता डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफू सँगै रहेको स्पष्ट पारेकी हुन् ।
सुनिताले स्ट्याटसमा लेखेकी छिन– अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरको भएकाले कानून कार्यान्वयन गर्ने सबै कार्यमा उपमेयरको हैसियतले आफ्नो साथ, सहयोग र समर्थन रहेको छ। आफ्नो विषयमा केही अनलाइन मिडिया मार्फत भ्रम पैदा गरेको भन्दै उनले प्रतिवादसमेत गरेकी छन् ।
उपमेयर सुनिता डंगोलले पोष्ट गरेको स्टाट्स

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मेयर बालेन्द्र साह, #सुनिताले स्ट्याटस
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्