कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीले पैसा फिर्ता नदिएपछि बचतकर्ता आन्दोलनमा
काठमाडौं । दैनिक एकपछि अर्को सहकारीमा समस्या उत्पन्न हुँदै आएको छ । गौतम सहकारीको घटना सेलाउन नपाउदै फेरि शान्तिनगरको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका बचतकर्ताहरू आन्दोलनमा उत्रिएका छन् ।
२५ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीले आफूहरूको बचत रकम फिर्ता नदिएको भन्दै आन्दोलन थालेका हुन् । सहकारीले भने सबै बचतकर्ता एकै पटक पैसा लिन आएपछि समस्या परेको बताएको छ । फिक्स डिपोजिटमा राखेको बचतको समय अवधि पूरा हुँदासम्म पैसा निकाल्न नदिएको गुनासो बचतकर्ताहरूको छ ।
फिक्स डिपोजिटमा राखेको २० लाखको समयसीमा एक साताअघि नै सकिएकोमा आधा मात्रै पैसा दिएर बाँकी पैसा पुनः डिपोजिट गराएर सहकारीले नवीकरण गराएको पीडितमध्येकी एक रमा दाहालले जानकारी दिइन । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड सहकारीमा २० हजार सदस्य रहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कान्तिपुर सेभिङ एण्ड क्रेडिट, #फिक्स डिपोजिट, #सहकारी
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्