Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीले पैसा फिर्ता नदिएपछि बचतकर्ता आन्दोलनमा


काठमाडौं । दैनिक एकपछि अर्को सहकारीमा समस्या उत्पन्न हुँदै आएको छ । गौतम सहकारीको घटना सेलाउन नपाउदै फेरि शान्तिनगरको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका बचतकर्ताहरू आन्दोलनमा उत्रिएका छन् ।

२५ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीले आफूहरूको बचत रकम फिर्ता नदिएको भन्दै आन्दोलन थालेका हुन् । सहकारीले भने सबै बचतकर्ता एकै पटक पैसा लिन आएपछि समस्या परेको बताएको छ । फिक्स डिपोजिटमा राखेको बचतको समय अवधि पूरा हुँदासम्म पैसा निकाल्न नदिएको गुनासो बचतकर्ताहरूको छ ।

फिक्स डिपोजिटमा राखेको २० लाखको समयसीमा एक साताअघि नै सकिएकोमा आधा मात्रै पैसा दिएर बाँकी पैसा पुनः डिपोजिट गराएर सहकारीले नवीकरण गराएको पीडितमध्येकी एक रमा दाहालले जानकारी दिइन । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड सहकारीमा २० हजार सदस्य रहेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कान्तिपुर सेभिङ एण्ड क्रेडिट, #फिक्स डिपोजिट, #सहकारी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं