निहारिका राजपुत प्रकरणः पक्राउ परे बलात्कार आरोपी शिवराज
काठमाडौं । प्रहरीले निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई धनुषाबाट पक्राउ गरिएको हो । निहारिका राजपूतले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् ।
उनीबाट २१ महिनाको छोरा छ । उनी बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्टको पनि माग गर्दै अनसन बस्दै आएकी छन् । वसन्तपुरमा अनसनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् ।
केहीदिन अघि राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरेको थियो । निहारिका आफूलाई शिबराजले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाइरहेका छन् । तर, शिवराजले आफूहरु प्रेममा रहेको भन्दै आफनो बच्चा नभएको बताउदै आएका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निहारिका राजपुत, #शिवराज
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्