निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौं । आगमी मंसिर ४ हुने गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदैछ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार दल दर्ता गराउने आज अन्तिम दिन हो ।
नेपाली कांग्रेसले आज निर्वाचनको लागि दल दर्ता गदैछ । कांग्रेसको दल दर्ताको जिम्मेवारी पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । अन्य बाँकी पार्टीहरुले पनि आजै दर्ता गर्ने बताइएको छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि गत आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको थियो । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । नेकपा एमालेले पनि दल दर्ता गरिसकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #प्रतिनिधिसभा र प्रदेशसभा, #संघीय र प्रदेश सभा
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्