सिंहदरबारमै खेलिन्छ कानुनले बन्देज गरेको तास,भौतिक मन्त्रालय पुग्दा भयो भागाभाग

काठमाडौं । जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराध मान्दैआएको छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि बढीमा नौ महिना कैदको व्यवस्था थियो । २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा भने जुवा खेल्ने वा खेलाउनेलाई ठूलो सजायको व्यवस्था गरिएको छ । दशै तिहार लगायतका चाडपर्वमा जुवातास खेल्ने र खेलाउनेहरुसँगै ठूलो रकमको हारजित हुने गतिबिधि रोक्न प्रहरीले बिशेष अप्रेशन नै चलाउने गरेको छ ।
अन्य समयमा समेत छिटफुट रुपमा जुवातास खेल्ने खेलाउनेहरु पक्राउ पर्ने गरेका छन् । ठूलो रकमको हारजित हुने र प्रहरीबाट पक्राउ गरिएको जुवातासको काण्ड नभई देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमै सेतो सर्ट र निलो पाइन्ट लगाएका कर्मचारीहरु तास खेल्नेगरेको एउटा प्रतिनिधि घटना प्रस्तुत गर्दैछौँ । गोप्य सूचना पछ्याउँदै हामी बुधबार ४ बजे आसपासमा सिंहदरबारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुग्यौँ । मन्त्रालयको एउटा कोठमा कर्मचारीहरु तास खेलिरहेको सूचनालाई पुस्ट्याई गर्न हामीलाई केही समय हम्मेहम्मे नै पर्यो ।
सुरक्षा गार्डलाई आराम गर्न भन्दै दिइएको कोठमा तास खेलीएको संकेत पाएपनि ढोका बन्द गरिएको थियो । त्यसपछि हामीले जालीसहितको झ्यालबाटै प्रमाण संकलनका लागि एउटा सानो भिडियो क्लिप खिच्यो, जहाँ तास फाल्ने र गड्डीबाट थुत्ने काम गरिदैथियो । यतिबेलासम्म मन्त्रालयमा तास खेल्न कुन–कुन कर्मचारी सहभागि छन भन्ने हामीले संकेतसम्म पाउन सकेका थिएनौँ ।
हामीले भिडियो खेचेको थाहा पाउनासाथ जुवाडेहरु जर्याकजुरुक उठेपछि हामी बन्द ढोका तर्फ लम्कियौँ । उनीहरु हतारहतार भाग्न खोज्दैगर्दा हामीले केही समय कोठमै रोक्यो, तासका केही पत्ता बाहेक खेल्दैगरेको तास लुकाइएपनि उनीहरु गल्ती भयो भन्दै हामीसँग एकपटक मौकादिन हारगुहार गरिरहेका थिए । हामीले लामो केरकार गरेपछि उनीहरुले लुकाएको तास समेत निकाले ।
तास खेल्नेहरुले तास निकाल्दै माफी समेत मागे । यसपछि तास खेल्नेहरुको पदिय जिम्मेवारी बारे हामीले जिज्ञासा राख्यौँ । बल्ल खुल्यो उनीहरु त सुरक्षा गार्ड र मन्त्रालयका उपसचिव, विभिन्न विभागका उच्च पदस्थ कर्मचारीहरुका चालक रहेछन् । कर्मचारी जुन कुनै पदीय दायित्वका भएपनि कार्यालय समयमा गरिएको तास खेल्ने हर्कद गम्भिर लापरबाही हो । यसपछि हामी मन्त्राको आधिकारिक जवाफ माग्न भन्दै सचिव, प्रवक्ता लगायतका विभिन्न कार्यकक्षमा पुग्यौँ, कर्मचारी समिक्षा बैठकमा रहेको जानकारी पाएसँगै हामीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको सचिवालयमा तास बुझायौं ।
मुलुकी अपराध संहितामा २०७५ को दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबाना, दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबानाको व्यवस्था गरिएको छ । तर सिंहदरबार भित्रै चालक र सुरक्षा गार्डले खेल्नेगरेको तासको खेलले एउटा अनौँठो प्रबृत्तिलाई उजागर गरेको छ । आखिर हामीले गोप्य सूचना पछ्याउँदै उजार गरेको जुवातासको यो प्रबृत्तिलाई मन्त्रालयले कसरी लिएको छ त ? मन्त्रालयको प्रशासन महाशाखा प्रमुख तुलसीनाथ गौतमले अवदेखि मन्त्रालयमा तास खेल्न कसैले नपाउने र सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो मन्त्रालयमा सवारी चालक र सुरक्षा गार्डले खेलीरहेको तास एउटा प्रबृत्तिको उजागर हो । थुप्रै मन्त्रालय र सरकारी कार्यालय यस्तो जुवातासको प्रबृत्ति झांगिएको छ । हाम्रो खबरदारी तल्लो तहका कर्मचारीलाई कारबाही गराउन भन्दा पनि प्रबृत्ति सुधार्नका लागि मात्रै हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जुवा ऐन २०२०, #जुवातास खेल्ने, #जुवातास खेल्ने खेलाउने
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्