मेयर बालेनले गरे नयाँ बानेश्वरमा अवलोकन, अन्डरग्राउण्ड पार्किङका सटर हटाउन निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेका हुन ।
मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिए । बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएका छन । यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।
केही दिनअघि साहले फुटपाथमा गरिएका व्यापार हटाउन लगाएका थिए । आज त्यसको प्रगतिबारे जानकारी लिएका हुन् । अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #मेयर बालेन साह
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्