नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको फेरि मूल्यवृद्धि गरेको छ ।
सोमबार साँझ आयल निगमले एक विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १ सय ९० पुगेको छ ।
नेपाल आयल निगमले इन्धन आपूर्ति नै प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्री र उद्योगमन्त्रीलाई चेतावनीसहितको पत्राचार गरेको थियो । घाटा थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले प्रधानमन्त्री तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
निगमले सोमवार दुवै निकायमा पत्राचार गर्दै इन्धन आपूर्ति नै प्रभावित हुन सक्ने चेतावनी दिएको थियो । पत्रमा भनिएको छ,‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।’
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल आयल निगम, #फेरि मूल्यवृद्धि
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्