नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको फेरि मूल्यवृद्धि गरेको छ ।
सोमबार साँझ आयल निगमले एक विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १ सय ९० पुगेको छ ।
नेपाल आयल निगमले इन्धन आपूर्ति नै प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्री र उद्योगमन्त्रीलाई चेतावनीसहितको पत्राचार गरेको थियो । घाटा थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले प्रधानमन्त्री तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
निगमले सोमवार दुवै निकायमा पत्राचार गर्दै इन्धन आपूर्ति नै प्रभावित हुन सक्ने चेतावनी दिएको थियो । पत्रमा भनिएको छ,‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।’
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल आयल निगम, #फेरि मूल्यवृद्धि
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्