करिव १८ करोड ठग्ने सहकारी संचालक सिआइबीको फन्दामा
काठमाडौं । चन्द्रागिरी नगरपालिका १७ बलम्बुस्थित प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनसहित आठ जना पक्राउ परेका छन् । संस्थाका सञ्चालकले रकम हिनामिना गरेको उजुरी परेपछि सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले १७ करोड ९४ लाख ७६ हजार ५ सय १८ रुपैयाँ बचत रकम हिनामिना गरेको खुलेको छ । उनीहरू विरुद्ध प्रहरीले अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
सदस्यबाट उठाएको बचत संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जन लगायतले धितो जमानी नराखी, नक्कली मुद्दती बचत प्रमाण दिने, नक्कली कर्जा लगानी गर्ने र शेयर अपचलन गर्ने गरेको देखिएको प्रहरीले बताएको छ ।
प्रहरीले संस्थाका उपाध्यक्ष विरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, ऋण उपसमिति सदस्य अष्टकुमार महर्जन, लेखा परीक्षक हिमालयराज जोशी र दिपक राना मगरलाई नियन्त्रणमा लिएको छ ।
चन्द्रागिरि नगरपालिकाले प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो । सोही पत्रको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रज्ञान बचत तथा ऋण सहकारी, #श्रीकृष्ण महर्ज, #संस्थाका सञ्चालक
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्