रवि लामिछानेले दर्ता गर्न लागेको स्वतन्त्र पार्टीले घण्टी चुनाव चिह्न नपाउने
काठमाडौं । रवि लामिछानेले दर्ता गर्न लागेको स्वतन्त्र पार्टीले घण्टी चुनाव चिह्न नपाउने भएको छ। सञ्चारकर्म छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेको निर्वाचन आयोगले जनाएको छ।
अर्कै दलले लिएको चुनाव चिह्न लिएर लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दल दर्ता नगर्न यसअघि नै आयोगमा उजुरी परिसकेको छ। दल खोलेर राजनीतिमा लागेको घोषणा गरेका लामिछानेले विवाद आए दलको नाम परिवर्तन गर्ने बताए ।
दलको नाममा मात्रै नभएर लामिछानेले माग गरेको चुनाव चिह्नसमेत अर्कै दलको नाममा रहेको पाइएको हो। आयोगमा दर्ता भएको राष्ट्रवादी पार्टीको चुनाव चिह्न घण्टी नै रहेको आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चुनाव चिह्न पाउने या नपाउने विषय छानबिनकै क्रममा छ।
गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नै फेर्न दबाब झेलिरहेका लामिछानेमाथि आफूले रोजेको चुनाव चिह्नमा पनि बाधा आइपरेको हो। दलको नामविरुद्ध परेका २ वटा उजुरीबारे पनि आयोगले अध्ययन गरिरहेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पार्टीले घण्टी चुनाव चिह्न, #रवि लामिछाने, #सञ्चारकर्म छाडेर राजनीतिक
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्