रवि लामिछानेले दर्ता गर्न लागेको स्वतन्त्र पार्टीले घण्टी चुनाव चिह्न नपाउने
काठमाडौं । रवि लामिछानेले दर्ता गर्न लागेको स्वतन्त्र पार्टीले घण्टी चुनाव चिह्न नपाउने भएको छ। सञ्चारकर्म छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेको निर्वाचन आयोगले जनाएको छ।
अर्कै दलले लिएको चुनाव चिह्न लिएर लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दल दर्ता नगर्न यसअघि नै आयोगमा उजुरी परिसकेको छ। दल खोलेर राजनीतिमा लागेको घोषणा गरेका लामिछानेले विवाद आए दलको नाम परिवर्तन गर्ने बताए ।
दलको नाममा मात्रै नभएर लामिछानेले माग गरेको चुनाव चिह्नसमेत अर्कै दलको नाममा रहेको पाइएको हो। आयोगमा दर्ता भएको राष्ट्रवादी पार्टीको चुनाव चिह्न घण्टी नै रहेको आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चुनाव चिह्न पाउने या नपाउने विषय छानबिनकै क्रममा छ।
गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नै फेर्न दबाब झेलिरहेका लामिछानेमाथि आफूले रोजेको चुनाव चिह्नमा पनि बाधा आइपरेको हो। दलको नामविरुद्ध परेका २ वटा उजुरीबारे पनि आयोगले अध्ययन गरिरहेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पार्टीले घण्टी चुनाव चिह्न, #रवि लामिछाने, #सञ्चारकर्म छाडेर राजनीतिक
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्