एसपीपीको पत्रमा टिपेक्स लगाएर मेरो बद्नाम गरियोः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी दूतावासलाई नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सभागी हुन लेखेको पत्रमा मिति संशोधन गरिएको आरोप लगाएका छन् ।
मदन भण्डारी जयन्तीको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पत्र आफू प्रधानमन्त्री हुँदा नभई त्यस अघि नै पठाइसकेको हुनसक्ने दाबी गरे । पत्रमा २७ अक्टोबर २०१५ को मिति भनिएपनि टिपेक्स लगाएको आरोप लगाए । केपी शर्मा ओलीको पालामा एसपीपी ल्याएको थियो भनेर अन्तर्राष्ट्रियस्तरमा पनि ढाँटिरहेका छन् ।
म सरकारलाई वरिजिनल पत्र देखाऊ भन्छु ओलीको भने ।’ ओलीले हातले नलेखेको पत्र देखाउन चुनौती दिए । आफ्नै पालामा पत्र लेखिएको थियो भने पनि आफूसँग कुनै सरसल्लाह र जानकारी विना लेखिएको दाबी गर्दै त्यो पत्र नै गलत रहेको बताए । राष्ट्रियताको सवाललाई झुक्याउने चीज बनाएको भन्दै प्रचण्डको आलोचना गरे ।
एमसीसीको विरोधमा कार्यकर्ता उचालेर पछि सम्झौता गरेको आरोप लगाए । एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको ओलीको भनाई थियो । जनताको दबाबपछि एसपीपीबाट सरकार पछि हटेको ओलीले बताएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्