गगन र विश्वप्रकाश निर्वाचन आयोगमा,विदेशमा रहेकालाई मतदानको ब्यवस्था गर्न माग
काठमाडौं । प्रदेश र संघीय निर्वाचनको चर्चा भइरहदा नेपाली कांग्रेसका आशा लाग्दा नेता मानिएका महामन्त्रीद्धय गगन थापा र बिश्वप्रकाश शर्माले संयुक्त पहल थालेका छन् । प्रधानमन्त्री एव कांग्रेस सभापति शेरबहादुर देउवालाई संयुक्त रुपमै भेटेका महामन्त्री द्धय लगत्तै निर्वाचन आयोग पनि संयुक्त रुपमा पुगे । उनीहरुको माग थियो । विदेशमा रहेका नागरिकहरूको मताधिकार सुनिश्चित गर्नुपर्ने।
उनीहरुको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुन र प्राविधिक प्रक्रिया निर्माणका लागि उनीहरुले आयोगलाई घच्घच्याएका हुन् । उनीहरुको कुरा सुनेपछि आयोगले सकारात्मक प्रतिक्रिया दिएको छ । कांग्रेसले मतदाता परिचय पत्र बनाउने निकायमा देखिएको अस्तव्यस्त अबस्था प्रति पनि आयोगको ध्यानाकर्षण गराएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७९ /०८० को नीति तथा कार्यक्रममा निर्वाचन प्रणालीमा सूचना प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने योजना अघि सारेको भएपनि प्राविधिक जटिलता भने धेरै छन् । सर्वोच्च अदालतले २०७४ चैत ७ गते निर्देशात्मक आदेश जारी गर्दै विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइसकेपछि कार्यान्वयन भएको थिएन ।
प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न के गर्नुपर्ला भन्ने जिज्ञासामा पूर्व निर्वाचन आयुक्तको सुझाव यस्तो छ । ४० लाखको हाराहारीमा नेपाली विदेशमा छन् । हालसम्म उनीहरुको नोटले देश त चलिरहेको छ । तर, उनीहरुको भोट चल्न सकिरहेको छैन । शिक्षा,पेशा वा व्यवसायका कारण विदेशमा रहेका नागरिकहरुले अहिले मतदान गर्न पाएका छैनन् ।उचित कानुन र प्राविधिक संयन्त्र बनाई काम गर्न सके मात्र प्रवासी नेपाली नागरिहरुको पनि मताधिकार सुनिश्चित हुन सक्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गगन र विश्वप्रकाश, #नेपाली कांग्रेस
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्