पूर्वमन्त्री बिक्रम पाण्डेले पाए भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौं । विशेष अदालतले सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जनालाई सफाइ दिएको छ । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार नभएको ठहर गर्दै पाण्डेलाई सफाई दिएको हो ।
अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सिक्टा सिंचाई आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको भन्ने अख्तियारको दावीलाई बिशेषले अस्वीकार गरेको हो । विशेष अदालतको फैसलासँगै पूर्व–आयोजना प्रमुखहरु सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलिप बहादुर कार्की र रमेश बस्नेत लगायतले पनि सफाइ पाए ।
सिक्टा सिंचाइ आयोजनाको पानीमा माटो घुलेर बगेका कारणले निर्माणकै दौरान बारम्बार नहर भत्किने समस्या थियो । डिजाइन सुधार गर्नुको साटो बदनियतपूर्वक पूरानै तौरतरिकाले काम गरी ठेकेदारलाई फाइदा पुग्ने काम गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बिक्रम पाण्डे, #भ्रष्टाचार मुद्दा, #विशेष अदालत
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्