सञ्चारकर्म छाडेर रवि लामिछाने लागे राजनीतितिर
काठमाडौं । छोटो समयमै सञ्चार क्षेत्रमा चर्चित बनेका सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिने निर्णयमा पुगेका छन् । सञ्चारकर्म छाडेर राजनीतिमा होमिने निर्णय गरेका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताका प्रश्न सोध्ने ठाउँबाट जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको भन्दै राजनीतिमा होमिएका हुन् । उनी प्रतिनिधि सभामा उमेद्वार बन्नका लागि सञ्चारकर्म छाडेका हुन् ।
विहिबार ग्यालेक्सी टेलिभिजनको बिदाई समारोहमा बोल्दै लामिछानेले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राजनीतिमा होमिएको बताए । उनले राजनीति नै सबैभन्दा निर्णायक क्षेत्र भएको भन्दै राजनीतिमार्फत जनताका प्रश्नको जवाफ खोज्ने बताए । उनले राजनीतिमा लागिसकेपछि प्रधानमन्त्री बन्नेसम्मको लक्ष्य हुने संकेत गर्दै आफू अन्तर्वार्ता लिने भूमिकाबाट दिने भूमिकामा जान लागेको बताए ।
लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार दिने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे । लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन ।
आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् । आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाउन लागेको उनको भनाइ छ । ‘म आजबाट पूर्णकालीन राजनीतिमा आएको छु । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।
आफूले सञ्चालन गरिरहेको कार्यक्रम नयाँ पुस्तालाई हस्तान्तरण गर्ने र आफू राजनीतिको नयाँ पुस्ता बन्न चाहन्छु’ उनले भने ।लामिछाने सो टिभीका संस्थापक तथा सिधा कुरा कार्यक्रमका प्रस्तोता थिए । रवी लामिछानेका दाजु हरिशरण लामिछानेले पनि प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेवारी दिने घोषणा गरिसकेका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ग्यालेक्सी टेलिभिजन, #सञ्चारकर्मी रवि लामिछाने, #संसदीय चुनाव
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्