Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

सञ्चारकर्म छाडेर रवि लामिछाने लागे राजनीतितिर


काठमाडौं । छोटो समयमै सञ्चार क्षेत्रमा चर्चित बनेका सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिने निर्णयमा पुगेका छन् । सञ्चारकर्म छाडेर राजनीतिमा होमिने निर्णय गरेका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताका प्रश्न सोध्ने ठाउँबाट जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको भन्दै राजनीतिमा होमिएका हुन् । उनी प्रतिनिधि सभामा उमेद्वार बन्नका लागि सञ्चारकर्म छाडेका हुन् ।

विहिबार ग्यालेक्सी टेलिभिजनको बिदाई समारोहमा बोल्दै लामिछानेले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राजनीतिमा होमिएको बताए । उनले राजनीति नै सबैभन्दा निर्णायक क्षेत्र भएको भन्दै राजनीतिमार्फत जनताका प्रश्नको जवाफ खोज्ने बताए । उनले राजनीतिमा लागिसकेपछि प्रधानमन्त्री बन्नेसम्मको लक्ष्य हुने संकेत गर्दै आफू अन्तर्वार्ता लिने भूमिकाबाट दिने भूमिकामा जान लागेको बताए ।

लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार दिने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे । लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन ।

आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् । आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाउन लागेको उनको भनाइ छ । ‘म आजबाट पूर्णकालीन राजनीतिमा आएको छु । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।

आफूले सञ्चालन गरिरहेको कार्यक्रम नयाँ पुस्तालाई हस्तान्तरण गर्ने र आफू राजनीतिको नयाँ पुस्ता बन्न चाहन्छु’ उनले भने ।लामिछाने सो टिभीका संस्थापक तथा सिधा कुरा कार्यक्रमका प्रस्तोता थिए । रवी लामिछानेका दाजु हरिशरण लामिछानेले पनि प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेवारी दिने घोषणा गरिसकेका छन् ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ग्यालेक्सी टेलिभिजन, #सञ्चारकर्मी रवि लामिछाने, #संसदीय चुनाव

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं