विमलाको ताण्डवबारे छानबिन गर्न बन्यो समिति,राज्यमन्त्री विमला भने अस्पताल भर्ना
काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो ।
जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको हो । मंगलबार विहान दाङको तुलसीपुरमा एकराज बस्नेतको घरमा पुगेकी मन्त्री विमलाले तोडफोड गर्नुका साथै उनको श्रीमती र छोरीलाई कुटपिट गरेकी थिइन् ।
एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन् । मुख्यमन्त्री कुलबहादुर केसीको दवावमा बिमलालाई राति नै बुटवल ल्याइएको थियो । राज्यमन्त्री वलीलाई भने अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #लुम्बिनी प्रदेश सरकार, #विमला कुमारी वली
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्