बालेन्द्रको जवाफः सिसडोलका स्थानीयमाथि प्रहरीबाट बल प्रयोग गर्ने अधिकार हाम्रो होइन
काठमाडौं । काठमाडौंको फोहोर थुपार्ने स्थल नुवाकोटको सिसडोलमा केही दिनअघि प्रहरी र स्थानीयबीच झडप भएको घटनालाई मेयर बालेन्द्र साहले घुमाउरो जवाफ दिएका छन् । सो घटनालाई लिएर कतिपयले महानगरका मेयर बालेन्द्र साहको आलोचना समेत गरेका थिए ।
साहले सिसडोलवासीको समस्यामा सहानुभूति दर्साउँदै उनीहरूमाथि कुनै बल प्रयोग नगर्ने प्रतिबद्धता जनाएकोमा त्यसको उल्लंघन गरेको आरोप लगाइएको छ । आइतबार बसेको काठमाडौं महानगरको नगर कार्यपालिका बैठकमा वडाध्यक्षले यो विषय उठाएका थिए । उनले सिसडोलबासीविरुद्ध बल प्रयोग भएको सन्दर्भमा मेयर साहसँग प्रष्टीकरण मागेका थिए ।
‘अस्ति सिसडोलमा फोहोर फाल्ने क्रममा शक्ति प्रयोग भएको देखियो । कहाँबाट भएको हो मेयर गृहमन्त्री वा सहरी विकास मन्त्रालयको निर्देशनमा भएको हो जानकारी दिइयोस् ।’वडाध्यक्षको प्रश्नमा मेयर साहले सिधा जवाफ दिएनन् । उनले घुमाउरो ढंगले बल प्रयोगमा महानगरको हात नभएको बताएका थिए । ‘पहिले काठमाडौं महानगरपालिकाको अधिकार क्षेत्र के–के पर्छ भन्ने बुझ्नुपर्छ ।
महानगरसँग सुरक्षाका रूपमा नगर प्रहरी मात्रै छ । जनपद प्रहरी, नेपाली सेना, एपीएफलगायत गृह मन्त्रालय मातहतमा हुन्छन् । यति भनिसकेपछि अरू केही भन्न पर्छ जस्तो लाग्दैन ।’वडाध्यक्षले महानगरले नै गृहलाई प्रहरी परिचालनका लागि पत्र पठाएको हो कि भन्ने थप जिज्ञासा राखे । त्यसलाई पनि साहले इन्कार गरे । ‘त्यसरी हामीले पत्र पठाउन पाइँदैन । उनले नेपाली सेना गृह मन्त्रालय मातहत पर्ने बताए । यद्यपि, सेना रक्षा मन्त्रालय मातहत पर्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौंको फोहोर, #नुवाकोटको सिसडोल, #मेयर बालेन्द्र साह
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्