मेयर बालेनलाई फोहोर ब्यवस्थापनमा चुनौति,सहमतिको वेवास्ता गर्दै सिसडोलका स्थानीय आन्दोलित
काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा पुर्याइएका काठमाडौं महानगरका गाडी स्थानीयले रोकेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई नियन्त्रणमा लिएर फोहोर ब्यवस्थापन सुरु गरेको हो । सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो ।
सोही सहमतिअनुसार बञ्चरेडाँडामा फोहोर पठाइएको थियो । सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीयले फोहोरको गाडी अवरोध गरेका हुन् । बञ्चरेडाँडामा फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । करिब दुई घण्टा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
स्थानीय जनप्रतिनिधि र सरोकार समितिका प्रतिनिधि नराखी गरिएको सहमति आफूहरूलाई मान्य नहुने बताएका छन् । आफूहरूले राख्दै आएको माग पुरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयको अडान छ । फोहोर फाल्न अघि टिपरहरुमा गन्ध नआउने केमिकल पनि छर्किएको छ ।
यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #बञ्चरेडाँडा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्