मेयर जितेकै दिन नुवाकोटको बञ्चरेडाँडा, सिसडोल पुगे बालेन साह (फोटो फिचर)
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह नुवाकोटको ओखरपौवा सिसडोलको अवलोकन गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी जानकारी लिन ओखरपौवामा रहेको डम्पिङ क्षेत्रमा मेयर बालेन साह पुगेका हुन् ।
उनले सिस्डोल र बञ्चरेडाँडाको अवलोकन समेत गरेका छन् । उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो क्षेत्रमा समय समयमा अवरोध हुँदै आन्दोलन हुँदै आएको छ । स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेला अवरोध गर्दै आएका छन् ।
सरकारले समेत स्थानीयसँग गरेका सहमति कार्यान्वयनमा लापरबाही गर्दै आएको छ । उनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा, माला नलाउने तथा अन्तर्वार्ता समेत नदिने उद्घोष गरेका छन् ।



क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #फोहोर व्यवस्थापन, #बञ्चरेडाँडा, #बालेन साह नुवाकोटको ओखरपौवा
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्